Saturday, April 11, 2009

२०६५ को सुरु र अन्त्य

२०६५ साल लोहोरुङ को पिक्निक बाट सुरु भएको थियो नयाँ बर्ष । लोहोरुङ याक्खबा युयोङ ले बालाजुमा बन्भोज कार्यक्रम आयोजना गरेको थियो। दुईसय जना जती उपस्थित रहेको उक्त् कार्यक्रममा अनुमानित सङ्ख्या भन्दा केही सङ्ख्या बढी थियो। स्पोर्ट सानो भएकोले अटाउन हम्मे परेको थियो। बन्भोज कार्यक्रम रमाइलो भएको थियो। ब्रेकफास्टको ब्यबस्था ढिलो हुँदा भने पेट्मा मुसा दगुर्नु थालिसकेको थियो।
२०६५ को बिदाइ- चैत्र २८ गते, नयाँ बर्ष २०६६ शुरुवात नयाँ किताब बाट शुरु गर्नु पर्‍यो सोचेर किताब पसल छिरे करिब ५:२० मा जावलाखेलको एकता बुक सपमा ।
के किताब पढ्ने होला भनेर दुई दिन देखी अल्मलिएको थिए। किताब नपढेको पनि धेरै भईसकेको थियो।
पढ्ने बानी छुट्ला भनेर मनमा चिन्ता लागेको थियो। साथीले पनि कुन किताब पढदैछौ भनेर शोधेको थियो। कुनै किताब पढेको छैन भने पछी "KITE RUNNER"पढ्न अनुरोध गरे।
४०० सय लिएर एकता छिरे। किताबको नाम भुलेछु। भन्न पुगेछु "KITE FLYER"। सबै जना अलमल्ल,तर रहेछ अर्कै "KITE RUNNER"
किताबको मुल्य टालिएको थियो ३५६ तर रहेछ ४५०। हातमा ठीक्क पारेको रुपियाले नभ्याएपछी किन्न पाइएन। पैसाले पुगेन किन्दिन ल दिदी यती बन्दै म त्यहा बाट निस्किए।
रोड पार गर्ने बेला सम्म उहाले हाँस्दै हेर्नु भएको थियो
अन्त्यमा सम्पूर्ण नेपालीलाई लोहोरुङ्को तर्फ बाट नयाँ बर्ष को शुभकामना