Monday, May 13, 2013

इकसाम्माङ २०७० बैसाख् १४.

दशक बीतेको पत्तै भएन, शहरी जीबनमा आफ्नै कीसीमको बाध्यता बीबशता । पछील्लो कालमा समयको बहाव भनौ या पुर्खाहरुसँगको उठबस, आफु र आफ्नो समाज चीनारी खोज गर्न सदैब प्रेरीत भैरहन्छु । मेरो प्रीथक लोहोरुङ् चीनारीले हरेक समाजीक सामुहीक भेलाहरुमा मेरो उपस्थीती संभब भए सम्म उभ्यउने प्रयत्न रहन्छ । यसै सीलसीलामा बीगत बर्सहरुमाझै यस बर्स पनि चौथौ इकसाम्मा हाँसपोसा तरहरा स्थीत लोहोरुङ्हरुको पुजा स्थलमा सम्पन्न भयो । सामुहीक रुपमा गरीने साझा, खुल्ला ठाउमा एकै दिनमा सम्पन्न गरीने ठुलो साम्माङ् भएकोले बीशेस गरेर धनकुटा, सुनसरी, मोराङ् र झापामा रहनु हुने लोहोरुङ्हरुको उपस्थीती रहने गर्दछ । इकसाम्माङ् उभौली बर्से बाली लगाउन सुरु गरे पश्चात गरीने भएको प्राय बैशाख महिनामा गरीन्छ । लोहोरुङ्ले गरिआएका सम्पुर्ण साम्माङ्हरु एघारा वटा थान स्थापना गरीन्छ । गाउठाउ अनुसार थान थापनामा केही फरक पाइएता पनि, बालीनाली राम्रो होस भन्ने अभीप्रायले बालीनालीको चासुम् याखाम् साया याटाङ्पाद्वरा पॆलाम फलाक्दै बालीनालीको वेँखामा लीङ्खामा (एउटा सामॆक छुट्यो सम्झना सकीन) सामॆकनुरुप उठाइन्छ । इकसाम्माङ् गर्नु अघी प्रत्येक घरबाट बासको टङ्पा, जाड्, कुखुरा, अण्डा र परिवारीक सदस्य सङ्ख्यनुरुप चाँमाल तथा नगद पनी सङ्कलन गर्ने गरीन्छ । बीशेस गरी मकै धान र कोदो प्रमुख बाली भएको र पहिलो बाली मकै हुने भएको तथा इक्साम्माङ् गर्ने समयमा मकै हुने भएकोले बासको ढुङ्ग्रो अर्थात जाँड सहितको टोङ्पामा मकैको बीरुवा बाधीएको हो भन्ने भनाइ रहेको पाइन्छ यध्यपी व्यापक पुस्टीका लागि खोज आबस्यक देखीन्छ । यहाँहरुलाइ स्मरण होस केहीलाइ छाडेर हालका याटाङ्पाहरुले उल्लेखीत अन्नबालीको सामॆक के के हो भन्ने मेरो प्रश्नमा अनुतरीत भएका थिए । यससँगै भस्मे फडानी गरी सुरु गरीएको भन्ने मीथ्याङ्का पनी रहेको जानकारी गराउदछु ।